मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको गठबन्धन विजयी

पालिका डायरी
६ चैत्र २०८१, १२:५२
स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरको सबैभन्दा ठूलो मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा अनेरास्ववियु र नेविसंघको गठबन्धन विजयी भएको छ। अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी सभापतिमा विजयी भएका हुन्। नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए। उनी यस अघिका सभापती समेत हुन्। सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मत सहित विजयी बन्दा उनका अखिल क्रान्तिकारीका दिपेश कार्किले ५४४ मत प्राप्त गरे। कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याए। सदस्य तर्फ पनि गठवन्धनकै मनोज घलान, उमेश चौधरी, दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी भएका छन्।

स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरको सबैभन्दा ठूलो मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा अनेरास्ववियु र नेविसंघको गठबन्धन विजयी भएको छ ।

अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी सभापतिमा विजयी भएका हुन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए । उनी यस अघिका सभापती समेत हुन् ।

सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मत सहित विजयी बन्दा उनका अखिल क्रान्तिकारीका दिपेश कार्किले ५४४ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याए ।

सदस्य तर्फ पनि गठवन्धनकै मनोज घलान, उमेश चौधरी, दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी भएका छन्।

प्रतिक्रिया