हेटौंडामा शंकास्पद वस्तु फेला

हेटौंडा \ हेटौंडामा शंकास्पद वस्तु फेला पारेको छ। हेटौंडा–४ स्थित शितलमहल चोक नजिकै बोरामा प्रेसर कुकर जस्तो वस्तु फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
बिहीबार (आज) साँझ सितलमहलचोक नजिक गरुडपथ जाने भित्री सडक खण्डमा स्थानीयय सिर्जना पौडेलको घर अगाडी शंकास्पद रुपमा प्रेसर कुकर रहेको भन्ने सूचना प्राप्त भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाको टोली र प्रहरी घटनास्थल पुगेको पुगेका छन् । शंकास्पद अवस्थामा फेला परेको उक्त वस्तुलाई डिस्पोजल गर्न नेपाली सेनाको टोली खटिएको उनले बताए। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गर्ने कार्य भैरहेको डीएसपी अर्यालले बताए ।
प्रतिक्रिया