मनहरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

हेटौंडा / मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ नयाँबस्तीका ३१ वर्षीय इन्द्रलाल मोक्तान रहेकोे मकवानपुर प्रहरीले जानकारी दिएको छ । मोक्तान आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै परिवारजनले उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन पुर्याएका थिए । तर, गम्भीर अवस्थामा रहेका मोक्तानको उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।
घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया