मनकामनाका तीर्थयात्री बोकेको गाडी दुर्घटना : एकको मृत्यु, १४ जना घाइते

पालिका डायरी
१९ फाल्गुन २०८१, १३:५७

मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको भ्यान दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ।

गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११:३० बजे दुर्घटना भएको हो । दुर्घटनामा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट भ्यान तीर्थयात्री लिएर मनकामना आएको थियो ।

दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । ‘घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिसक्यो,’ उनले भने, ‘उनीहरूलाई उपचारका लागि तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पताल लगिएको छ ।’

मृतक र घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया