ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

पालिका डायरी
१३ फाल्गुन २०८१, १४:४९
accident

ललितपुरमा ट्रकको ठक्करबाट साइकालयात्रीको मृत्यु भएको छ ।

ललितपुर प्रहरीले  दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका-४ विष्णुदेवी मन्दिरनजिकै सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार महानगरपालिका २१ ठूलो खोकना बस्ने ४९ वर्षीय भीम रत्न महर्जनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया