हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ साबिकको चुरियामाई गा.वि.स. ३ र ४ मा व्यवस्थित तथा सुविधा सम्पन्न खानेपानी योजना निर्माण गरिने भएको छ।
नेपाल सरकार संघीय खानेपानी तथा व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा ४ लाख लिटर क्षमताको खानेपानी ट्यांकी, मेन तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरण कार्यका लागि रू. १० करोड बराबर बजेट प्राप्त भई प्रक्रिया अघि बढिसकेको वडा अध्यक्ष सुनिल मोक्तानले बताए।

