हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित सालकपार्क नजिकबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा झोला बोकेर हिँडिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ निवासी १९ वर्षीय दिपु नेपालीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको झोला तलासी गर्दा लागूऔषध ओनेरेक्स (ONEREX) १०० एमएलको ५ बोतल तथा नाईट्राजेपाम ३० ट्याब्लेट फेला परेको जनाएको छ।
पक्राउ परेका नेपालीलाई लागुऔषध ओसारपसार अभियोगमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।