ट्याक्टर दुर्घटनामा घाइते भएका वडा सदस्यको निधन
सिन्धुलीमा एकजना वडा सदस्यको दुर्घटनामा परेर मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–१ का निर्वाचित वडा सदस्य ३४ वर्षीय केशवबहादुर माझीको उपचारका क्रममा आइतबार निधन भएको प्रहरीले जनाएको छ । कमलामाईकै बलट्टामा गत माघ २० गते आफैँले चलाएको ट्याक्टर दुर्घटना हुँदा माझी गम्भीर घाइते भएका थिए ।
उनको केएमसी अस्पताल काठमाडौँमा उपचारको क्रममा आइतबार निधन भएको हो। सोही दुर्घटनामा घाइते भएको स्थानीय १४ वर्षीय अर्जुन माझीको उपचारकै क्रममा गत माघ २६ गते मृत्यु भएको थियो ।
प्रतिक्रिया

