निर्माण महोत्सवको उद्घाटन गृहमन्त्री लेखकले गर्ने, ६ गते फ्रि टिकट

पालिका डायरी
४ फाल्गुन २०८१, २१:४८
निर्माण महोत्सवको उद्घाटन गृहमन्त्री लेखकले गर्ने, ६ गते फ्रि टिकट

हेटौंडा /  यही फागुन ६ गते मंगलबार गृहमन्त्री रमेश लेखक हेटौंडा आउनेभएका छन् ।

निर्माण व्यवसायी संघ, मकवानपुरको आयोजनामा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका गृहमन्त्री लेखक हेटौंडा आउने भएका हुन् । यही फागुन ६ गतेदेखि १८ गतेसम्म हुने महोत्सवको उद्घाटन गृहमन्त्री लेखकले गर्ने निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले जानकारी दिए ।

उनका अनुसार उक्त दिन फ्रि टिकटको समेत व्यवस्था गरिएको छ । अन्य दिन विद्यार्थीलाई ५० रुपैंया र अन्यलाई ७० रुपैंया टिकट शूल्क तोकिए पनि उद्घाटनको दिन निशूल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी दिए । हेटौंडा–१० टिसिएन चौरमा हुने महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुती रहने छ । करिब ३ सय स्टल रहने महोत्सवमा बाल उद्यान, विभिन्न खानाको परिकार, लगाएतका सामाग्रीहरु रहने अध्यक्ष कडेँलले जानकारी दिए ।

प्रतिक्रिया