लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ

पालिका डायरी
३० माघ २०८१, १२:३०
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ file photo

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारी नजिक इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बोटबारीबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ९९२२ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा, सोही मोटरसाइकलमा सवार मकवानपुर मनहरी गाउँपालिका–७ का २४ वर्षीय रविन तामाङ र सोही स्थानका २४ वर्षीय बलराम थिङले प्लास्टिकको बोरामा राखेको ३ किलो २०० ग्राम गाँजा फेला परेको थियो।

प्रहरीले दुबै जनासहित उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया