भीमफेदी-कुलेखानी सडकखण्डमा सवारी दुर्घटना, ६ वर्षीय बालक घाइते

पालिका डायरी
२४ माघ २०८१, ११:३६
accident palika

हेटौंडा / ईन्द्रसरोवर गाउँपालिका–२, नाङ्गमारस्थित भीमफेदी-कुलेखानी-काठमाण्डौ सडकखण्डमा भएको सवारी दुर्घटनामा एक ६ वर्षीय बालक घाइते भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्राप्त जानकारीअनुसार, काठमाण्डौबाट हेटौंडातर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ज ५०१ नम्बरको EV गाडीले मोडमा टर्निङ गर्ने क्रममा सोही स्थानका बिनोद स्याङ्तानका छोरा ६ वर्षीय रिदम स्याङ्तानलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका बालकलाई उपचारको लागि स्टार अस्पताल, बल्खु, काठमाण्डौ पठाइएको छ। चिकित्सकका अनुसार उनको टाउको, बायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

यस दुर्घटनामा संलग्न गाडीका चालक बारा, बिश्रामपुर गाउँपालिका–५ निवासी अन्दाजी ५२ वर्षीय सुरेश प्रसाद सोनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया