चितवनमा गैंडाको आक्रमणबाट युवकको मृत्यु

पालिका डायरी
२४ माघ २०८१, ११:२०
अर्धनग्न अवस्थामा महिलाको शव फेला

हेटौंडा /  चितवनकाे राप्ती नगरपालिका–९, च्यात्राङखोलामा जंगली जनावर गैंडाको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्राप्त जानकारी अनुसार, राप्ती नगरपालिका–३, झुर्झुरे घर भई हाल राप्ती नगरपालिका–९, चित्रकोट टोलमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय राजकुमार बिकलाई गैंडाले आक्रमण गरेको हो।

ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा गैंडाको आक्रमणमा परेका बिकको कोखामा गम्भीर चोट लागेको थियो। तत्कालै उनलाई प्राथमिक उपचारपछि सरकारी अस्पताल भरतपुर पठाइएको थियो। तर, गम्भीर अवस्थाका कारण उपचारका क्रममा उनको ज्यान गएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

यस घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान भैरहेकाे जानकारी दिएको छ ।

प्रतिक्रिया