हेटौंडाको मोबाइल पसल चोरीमा संलग्न नाबालक प्रहरी नियन्त्रणमा

पालिका डायरी
२३ माघ २०८१, २०:०९
हेटौंडामा मोबाइल पसल चोरीमा संलग्न नाबालक प्रहरी नियन्त्रणमा

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, स्कुलरोडस्थित कृष्ण सागर श्रेष्ठद्वारा सञ्चालित “न्यु ९९ मोबाइल सोलुसन” पसलमा चोरी गर्न खोज्ने एक नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  माघ २३ गते राति करिब १:३० बजे गस्ती गर्ने क्रममा उक्त नाबालकलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, पसलको सटरको ताल्चा फोडी विभिन्न कम्पनीका मोबाइल फोन तथा नगद चोरी गरी भाग्ने क्रममा जिल्ला बारा, बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ निवासी १७ वर्षीय नाबालकलाई नियन्त्रणमा लिइएको हो। चोरीमा प्रयोग गरिएका सामग्री तथा चोरी गरिएका सम्पूर्ण सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

नाबालकविरुद्ध चोरीसम्बन्धी कसुर मुद्दामा अनुसन्धान गर्न सम्मानित मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

प्रतिक्रिया