पालिका डायरी
२१ माघ २०८१, १६:२०
निर्माण ब्यवसायीहरुले राज्यबाट पाउनुपर्ने अर्बौं रकम सरकारले तत्काल उपलब्ध गराउनुपर्छ–महेश बर्तौला file photo

हेटौंडा /  नेकपा (एमाले)का मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा इन्द्रसरोवरको सिम्लाङ स्थित सिम्लाङ–ठाडोखोला झोलुंगे पुल बन्ने निश्चित भएको छ । साँसद बर्तौलाले आज सामाजिक सञ्जाल फेसबुक मार्फत अर्थ मन्त्री बिष्णु प्रसाद पौडेललाई धन्यवाद दिंदै उक्त पुलले अर्थ मन्त्रालयबाट बहुबर्षिय स्रोत सहमती पाएको जानकारी दिनु भयो ।

बतौृलाले लेखेका छन् – “माननीय अर्थमन्त्रीज्यूलाई हार्दिक आभार । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित इन्द्रसरोवर ताल माथी “सिम्लाङ्ग–ठाडो खोला झोलुंगे पुल“ निर्माणको लागि अर्थ मन्त्रालयबाट आवस्यक पर्ने ३ करोड ४० लाख रकमको बहुबर्षिय स्रोत सुनिश्चितता प्राप्त भएको छ ।

यस निर्णयसंगै माघ महिनाको अन्त्य सम्ममा यस झोलुंगे पुलको निर्माणको लागि ठेक्का आह्वान हुनेछ । यो पुल निर्माणबाट सानो माखु, गैरा, भिरखर्क, टौमाठ, सिम्लाङ्ग लगायतका स्थानीय वासिन्दाहरु झण्डै २.५ घण्टा लगायत हिड्नु पर्ने तथा विद्यालय जान–आउन डुंगाको साहारा लिनुपर्ने बालबालिकाहरुमा ठूलो लाभ पुग्नेछ । संगै सिम्लाङ्ग लगायतको क्षेत्रको पर्यटन र व्यवसायीक प्रवद्र्धन हुनेछ । यस योजनाले वारी–पारीका करिव ५०० घरधुरीका जनताले प्रत्येक्ष लाभ प्राप्त गर्नेछन् ।”

 

 

 

 

 

प्रतिक्रिया