मकवानपुरमा रुखले थिचिँदा १२ वर्षीय बालक गम्भीर घाइते

पालिका डायरी
१८ माघ २०८१, १६:३०
palika diary

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, खानिखेतमा रुख ढल्दा लागेर एक बालक गम्भीर घाइते भएका छन्।

मकवानपुर प्रहरीका अनुसार, आज आफ्नै बारीमा भागिरथ पुडासैनीले घर नजिकै रुख काट्ने क्रममा अचानक रुख ढल्दा उनका १२ वर्षीय नाती आदर्श पुडासैनी च्यापिएका थिए।

दुर्घटनामा परी उनको टाउको र दुबै हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनलाई तत्कालै उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ।

प्रतिक्रिया