एमाले सचिव योगेश कुमार भट्टराई मकवानपुर आउँदै

हेटौंडा / नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई मकवानपुर आउने भएका छन्। यही माघ १९ गते शनिबार प्रेस चौतारी नेपाल मकवानपुरको दशौँ अधिवेशनको उद्घाटन गर्न भट्टराई मकवानपुर आउने भएका हुन्।
प्रेस चौतारी नेपाल मकवानपुरको दशौं अधिवेशन शनिबार हेटौंडामा हुँदैछ। सोही कार्यक्रममा प्रमुख आतिथ्यताको भूमिकामा सचिव भट्टराई मकवानपुर आउन लागेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए।
शनिबार हुने अधिवेशनले प्रेस चौतारी मकवानपुरको नयाँ कार्यसमिति चयन गर्नेछ। बिहीबार ९आज० बसेको प्रेस चौतारी मकवानपुरको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि सदस्यहरुलाई जिम्मेवारी दिदै विभिन्न विभाग तोकिएको अध्यक्ष अधिकारीले बताए। उनका अनुसार शनिबार गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा अधिवेशन आयोजना हुनेछ। कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव विष्णु तारुके, महासचिव हिरामान लामा लगाएत जिल्लाका नेताहरुको उपस्थिति रहनेछ।