इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उनलाई काठमाडौं-२४ इन्द्रचोकबाट पक्राउ गरिएको हो । उनको साथबाट ३९ लाख ७८ हजार रुपैयाँ स्रोत नखुलेको रकम फेला परेको खनालले बताए । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ ।
प्रतिक्रिया

