अब हेटौंडामै डिजेल–पेट्रोलबाट चल्ने गाडीसँग इभी गाडी एक्सचेञ्ज अफर

पालिका डायरी
१४ माघ २०८१, १२:०६

हेटौंडा /  हेटौंडामा इभि एक्सचेञ्ज मेला तथा फ्रि चेकअप क्याम्प सुरु भएको छ । अब आफूसँग भएका डिजेल–पेट्रोलबाट चल्ने गाडी दिएर इलेक्ट्रिक गाडी ल्याउन पाइने भएको छ । हेटौंडामै रहेको इलेक्ट्रिक गाडी स्वरुमले इभी गाडी रुचाउने मानिसहरुको चाहनालाई बुझ्दै यस्तो अफर ल्याएको हो ।

हेटौंडा–११ थानाभर्याङस्थित ईभी कार्स एण्ड मोटर्स हब प्रा.लि.ले डिजेल–पेट्रोलद्वारा चल्ने पुरानो गाडीसँग इभि एक्सचेञ्ज सुरु गरेको हो । जस अन्र्तगत डिजेल, प्रेट्रोलबाट चल्ने कुनैपनि गाडिसँग एक्सचेञ्ज गरेर इभी गाडि लान पाउने छन् ।


एक्सचेञ्ज मेलामा पुरानो, जस्तोसुकै गाडी साट्न आउँदा न्युनतम ३ लाख रकम मुल्यांकन गरिने र गाडीको कण्डिसन अनुसार थप रकम प्रदान गरिने शोरुम सञ्चालक युवराज आचार्यले जानकारी दिए । उनका अनुसार यो अफर माघ मसान्तसम्म चल्नेछ । शोरुमले बिना धितो सहज बैंकिङ सुबिधासहित गाडी एक्सचेञ्ज गरिरहेको जनाएको छ ।

गाडी एक्सचेञ्ज गर्न आउने ग्राहकलाई एक वर्षको निःशुल्क ईन्स्योरेन्श, निःशुल्क ३ किलोवाट र ७ किलोवाटको चार्जर, ४३ ईञ्चको टिभी पनि सित्तैमा दिईने संचालक आचार्यले बताए । यस्तै, शोरुमले फ्रि चेकअप क्याम्पमा गियर आयलमा ५ प्रतिशत छुट, कुलेन्टमा २० प्रतिशत र ब्रेक आयलमा १३ प्रतिशत छुटको व्यवस्था गरेको छ ।


हेटौंडामै पहिलो पटक इभी गाडि बिक्री तथा चार्जिङ सेन्टर स्थापना गरको यस ईभी कार्स एण्ड मोटर्स हबले बिजुलीबाट चल्ने सिजि, के वाइसी, नेटा एक्स, नेटा भि कार, रिडारा, डायोन ब्रान्डको कार, पिकअप भ्यान, माइक्रोबस बिक्रि गर्दै आइरहेको छ । पछिल्लो समय इभी गाडि रुचाउने ग्राहकहरु बढेको र आफूसँग भएका पुराना डिजेल, प्रेट्रोल गाडि के गर्ने ? भन्ने समस्यामा भएका ग्राहकहरुको मनोभावना बुभ्mदै आफूहरुले यस्तो अफर ल्याएको संचालक आचार्य बताउँछन् ।

प्रतिक्रिया