इन्द्रसरोवर गाउँपालिकाद्वारा नि:शुल्क स्वास्थ्य परीक्षणसहित जेष्ठ नागरिक सम्मान

पालिका डायरी
१२ माघ २०८१, ११:४३

हेटौंडा /  इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा जेष्ठ नागरिकहरुको सम्मान, नि:शुल्क स्वास्थ्य परीक्षण र खाजा कार्यक्रम माघ ११ गतेदेखि माघ १५ गतेसम्म सञ्चालन हुने भएको छ । कार्यक्रम अन्तर्गत पहिलो दिन हिजो (शुक्रबार) वडा नं. ४, फाखेलमा सम्पन्न भएको छ ।

कार्यक्रममा ६८ वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका एकल महिला, ६० वर्ष माथिका दलित जेष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त व्यक्ति तथा सरकारी सेवाबाट निवृत्त भई नियमित पेन्सन लिने ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई मायाको चिनो वितरण गरिएको छ।

कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष चन्द्रकुमार बलले गर्नुभएको थियो भने  गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा काे प्रमुख अतिथिथ्यता रहेकाे थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरु, प्रशासकीय अधिकृत दीपक चापागाई, वडा सदस्यहरू तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमले जेष्ठ नागरिकप्रतिको सम्मान र सेवा अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। अन्य वडाहरूमा पनि क्रमशः कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया