हेटौंडामा एक पुरुष मृत अवस्थामा फेला

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका-०९ लामसुरे स्थित सिमेन्ट फ्याक्ट्रीको मोडमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १३ बस्ने अन्दाजी ६० वर्षीय मिन बहादुर बल घोप्टो अवस्थामा नालामा मृत फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ।
स्थानीयहरूले घटनाको जानकारी दिएपछि प्रहरी निरीक्षक विमला कुमारी कठायतको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाको नेतृत्वमा थप अनुसन्धान टोली खटिएको छ।
प्रारम्भिक अनुसन्धान पूरा गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। घटनाको कारणबारे थपअनुसन्धान जारी रहेको प्रहरी जनाएको छ।
प्रतिक्रिया