हेटौंडाबाट १ सय ११ किलो गाँजासहित १ जना पक्राउ

पालिका डायरी
२ माघ २०८१, ११:३५
हेटौंडाबाट १ सय ११ किलो गाँजासहित १ जना पक्राउ

हेटौंडा /  हेटौंडा–निजगढ सडकखण्डमा अबैध लागुऔषध गाँजाको ठुलो परिमाणसहित एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टबाट १ सय ११ किलो गाँजा बरामद गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

मंगलबार (हिजा) बा ७ च २५१० नम्बरको पिकअप गाडीलाई शंका लागि रोकी चेकजाँच गर्दा गाडीको पछाडिको भागमा खाली क्रेटले ढाकेर लुकाइएको अवस्थामा १ सय ११ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाडी चालक मकवानपुरको कैलाश गाउँपालिका–२ डाँडाखर्क निवासी ३४ वर्षीय रावल स्याङ्वो रहेका छन् । पक्राउ परेका स्याङ्वोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया