ट्याक्टर पल्टिँदा ३४ वर्षीय युवकको मृत्यु

पालिका डायरी
२९ पुष २०८१, ११:०४
accident

बाँकेमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार जानकी गाउँपालिका ३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा ३४ वर्षीय युवकको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा नेपालगन्ज –१६ जैसपुरका अन्दाजी ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो । अन्सारीले ट्याक्टरमा मजदुरी गर्दै आएका थिए ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् । उनी पनि घाइते रहेका प्रहरीले जनाएको छ । नेपालगन्जबाट करमोहनातर्फ जाँदै गरेको भे १ त ९८२६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

प्रतिक्रिया