रातोमाटेबाट १०१ किलो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ

हेटौंडा / प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले १०१ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २० वर्षीय राजन राउत कुर्मी रहेका छन्। उनी पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २६, अठराह सुगौलीका निवासी हुन्। उनलाई शंका लागी कारको रीतपूर्वक खानतलासी गर्दा १०१ किलोग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
आइतबार बिहान (आज) प्रहरी टोलीले मकवानपुरको रातोमाटे चेकपोइन्टमा सवारी साधनको चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको कार DL 13 C 1561 लाई रोकी चेकजाँच गर्दा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रतिक्रिया