प्रमोद सिंह रानाभाटले पत्रकारहरूसँग भेटघाट गर्दै गरे सुझाव संकलन

पालिका डायरी
१५ पुष २०८१, २१:३५

हेटौंडा /  मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले मंगलबार मकवानपुरका पत्रकारहरूसँग विशेष भेटघाट गरेका छन्। उक्त भेटघाटमा उनले व्यवसायीक क्षेत्रका चुनौती र अवसरका विषयमा सञ्चारकर्मीसँग छलफल गर्दै उनीहरूको सुझाव लिएका छन्।

रानाभाटले भने, “व्यवसायीहरूको हक र हितका लागि सञ्चार क्षेत्रसँग बलियो सहकार्य आवश्यक छ। पत्रकारहरूले उठाएका मुद्दाहरूले व्यवसायीक वातावरण सुधार्न मार्गदर्शन गर्नेछ।”

कार्यक्रममा पत्रकारहरूले व्यवसायीहरूको वर्तमान समस्या, बैंकहरूको चर्को ब्याजदर, कर प्रणालीका जटिलता, र व्यवसायीक विकासका सम्भावनाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

सञ्चारकर्मीहरूले व्यवसायीक क्षेत्रमा सुधारका लागि रानाभाटलाई ठोस योजना अघि सार्न सुझाव दिए। उनीहरूले व्यवसायीहरू र सरकारले सहकार्य गरेर समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिए।

रानाभाटले व्यवसायीक वातावरण सुधार गर्न र व्यवसायीहरूको समस्या समाधानका लागि आफ्नो कार्ययोजनाका बारेमा जानकारी गराउँदै भने, “मकवानपुरका व्यवसायीहरूको हकहितका लागि मेरो नेतृत्वमा संघले बलियो भूमिका खेल्नेछ। पत्रकारहरूको समर्थन र सुझावले यस अभियानलाई अझ मजबुत बनाउनेछ।”

प्रतिक्रिया