मनहरीमा जंगली जनावरको आक्रमणबाट ७२ वर्षीया महिलाको मृत्यु
![](https://www.palikadiary.com/wp-content/uploads/2022/12/beaten-to-death-1538703563-1563041099-1564322376.jpg)
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका-५ बसन्तपुरमा जंगली जनावरको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-५ का धन बहादुर रुम्बाकी ७२ वर्षीया श्रीमती कान्छिमाया रुम्बा रहेकी मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
आज (आइतबार) दिउँसो ४ बजेतिर आफ्नो घर नजिकैको बारीमा घाँस काट्न गएकी रुम्बा अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा घरबाट करिब ५०० मिटर पूर्वतर्फको बारीमा उनको शव फेला परेको थियो । शवको विभिन्न भागमा चोटका निशानहरू रहेको र घटनाको प्रकृति हेर्दा बाघको आक्रमणबाट मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
![](https://www.palikadiary.com/wp-content/uploads/2025/01/jado-suchana-kailash_page-0001-scaled-copy.jpg)
प्रतिक्रिया