मकवानपुरगढीमा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते

पालिका डायरी
१३ चैत्र २०८०, २१:१८
मकवानपुरगढीमा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते

हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको छ ।

मंगलबार  साँझ भएको दुर्घटनामा चालक पेमाररत्न तितुङ गम्भीर घाइते भएका छन् ।  चालक तितुङको अवस्था भने गम्भीर रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जनाएका छन् । उनको हेटौंडा १ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी पुर्याएर फर्किदै गरेको बागमती प्रदेश ०१–००३ झ ५८०६ नम्बरको सरकारी एम्बुलेन्स आफै अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार भीरमा रहेको रुखमा एम्बुलेन्स अड्किएको छ भने एम्बुलेन्स पूर्णरूपमा क्षतीग्रस्त भएको छ।

 

प्रतिक्रिया
Untitled-1