बकैयामा कारको ठक्करबाट ११ बर्षीय बालकको मृत्यु

पालिका डायरी
१३ चैत्र २०८०
accident palika

हेटौंडा /  मकवानपुरको बकैया गाउँपालिका ४ गोठखोलामा कारको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

सोमबार दिउँसो धरान चतरा सडकखण्डमा हात्तीसुँडेबाट  आँउदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारको ठक्करबाट विपरीत दिशाबाट जादै गरेको साइकल यात्री निजल बानियाँको ११ बर्षीय छोरा निशान बानियाँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते बानियाँको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । कार तथा कार चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

प्रतिक्रिया