बकैया गाउँपालिका ७ का वडा सदस्य तितुङको मृत्यु
हेटौंडा / मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ का वडा सदस्य रामकुमार तितुङको मृत्यु भएको छ।
मंगलबार दिउँसो आफ्नै घर अगाडी हिडिरहेको अबस्थामा एक्कासी बिजुलीको पोल ढलेर लाग्न गई पोलले थिचेर गम्भीर घाइते भएका तितुङको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो।
गम्भीर घाइते तितुङलाई प्राथामिक उपचार चुरेहिल हस्पिटल गरि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो।
बुधबार बिहान ३ बजे उपचारका क्रममा उनको निधन भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रतिक्रिया