चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला हेटौंडामा सुरु

पालिका डायरी
६ फाल्गुन २०८०, १६:२९
चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला हेटौँडामा सुरु

हेटौंडा / चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला आइतबारदेखि हेटौँडामा सुरु भएको छ। संघको २५ औं स्थापना दिवसको अवसरमा आयोजित उक्त भेला फागुन ८ गतेसम्म चल्नेछ।

भेलामा चलचित्र पत्रकारिता र पर्यटन विकासका विषयमा ११वटा सत्रहरूमा छलफल हुनेछ। संघका अध्यक्ष समीर बलामीका अनुसार भेलामा सिनेमा र पर्यटनका विभिन्न पक्षमा केन्द्रित गरी विभिन्न कार्यक्रम गरिनेछ।

भेलामा १०० भन्दा बढी चलचित्र क्षेत्रका पत्रकार, निर्माता, निर्देशक लगायतको सहभागिता रहेको छ। स्थानीय पर्यटन प्रवर्द्धनका लागि सिनेमाको महत्वबारे पनि छलफल हुनेछ।

भेलाको औपचारिक उद्घाटनपछि बागमती प्रदेश सरकारले तयार पारेको चलचित्र ऐन मस्यौदामाथि पनि छलफल हुनेछ।

प्रतिक्रिया