“यो सोझो पल्कियो” गीत सार्वजनिक

पालिका डायरी
७ माघ २०८०, १३:११

काठमाडौं / नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा “यो सोझो पल्कियो” सार्वजनिक भएको छ । यस गीतमा किरण गजमेर र उषा गजुरेलको स्वर रहेको छ भने लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लले शब्द, संगीत गरेका हुन् ।

गीतको भिडियोमा मनोज राजभण्डारीको निर्देशन रहेको छ भने सुरेश पाण्डेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन, मनोज राजभण्डारीको सम्पादन र मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित नायक पल शाह र एरोना मल्लको अभिनय रहेको छ । यस गीतलाई उषा गजुरेलको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया