आत्मदाह प्रयास गर्ने आरती रावल सर्वोच्चको गेटबाट पक्राउ
निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई प्रहरीले गेटबाट पक्राउ गरेको हो ।
काठमाडौंको सामाखुशी घर भएकी ३९ वर्षीया रावलले गएको शुक्रबार सर्वोच्चको गेट अगाडि आत्मदाहको कोसिस गरेकी थिइन्। उनले आफूलाई पतिले जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।
यो मुद्दामा काठमाडौं जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा उनले आत्मदाह कोसिस गरेकी हुन्। न्यायाधीश गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।
प्रतिक्रिया