५ दिने जापान भ्रमण सकाएर स्वदेश फर्किए उद्योग मन्त्री
हेटौंडा / बागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार ५ दिने जापान भ्रमण सकाएर स्वदेश फर्कनुभएको छ ।
गत पुस ६ गते शुक्रबार जापान गएका मन्त्री चित्रकार बुधबार स्वदेश फर्कनुभएको हो । पाँच दिनका लागि निजी भ्रमणमा गएका मन्त्री चित्रकारले जापानको विकासको अवलोकन गरेको बताउनु भयो ।
साथै, भ्रमणको क्रममा गैर आवासिय नेपालीहरुसँग भेटघाट तथा आफ्नो मन्त्रलायको कामसँग जोडिएका बिषयहरुमा टेरा मोटर्सका उपाध्यक्षसंग भेट गर्नुहुँदै नेपालमा लगानी गर्न आग्रह गरिएको मन्त्री चित्रकारले जानकारी दिनुभयो ।
सूचना प्रविधिमा नेपालमा लगानी बृद्धि गर्न र आउट स्रोसिङमा नेपाललाई अवसर दिन आग्रह गरिएको गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘जापान नेपाल व्यापार संघका अध्यक्ष डा. बलराम श्रेष्ठ लगायतसँग भेट गरेर जापानी कम्पनी र लगानी कर्ताहरुलाई नेपालमा लगानी अभिबृद्धि गर्न समेत आग्रह गरेको छु ।’
साथै, नेपालका राजदुत दुर्गा बहादुर सुवेदीलाई राजदुतावासमा भेटी नेपालमा लगानी बढाउन आर्थिक कुटनीतिलाई प्राथमिकता दिन आग्रह गरेको समेत मन्त्री चित्रकारले बताउनुभयो । समग्रमा भ्रमण उपलब्धी मुलक बनेको मन्त्री चित्रकारको भनाइ छ ।