मध्यवर्ती क्षेत्र खारेजी गर्न संघीय सरकार समक्ष माग गरेका छौं : सांसद पाठक

पालिका डायरी
११ पुष २०८०, २०:५७

हेटौंडा / बागमती प्रदेशकी सांसद भारती पाठकले मध्यवर्ती क्षेत्र खारेजी गर्न संघीय सरकार समक्ष माग गरेको बताएकी छिन् । बुधबार हेटौंडामा भएको जलवायु परिवर्तनले सिमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व बिषयक प्रदेश स्तरीय सम्मेलनमा मन्तव्य राख्दै सांसद पाठकले मध्यवर्ती क्षेत्रको खारेजी गर्न प्रदेश सरकारले संघ सरकारसँग माग गरेको बताएकी हुन् ।
मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्याको अन्त्यका लागि मध्यवर्ती क्षेत्र खारेजी हुनैपर्ने उनले बताएकी हुन् । दैनिक रुपमा जंगली जनावरका कारण ज्यान गुमाउनुपर्ने पीडाको अन्त्य गर्न यही नै अन्तिम विकल्प रहेको बताइन् ।
साथै उनले जलवायु परिवर्तको योजना बनाउँदा त्यो गाउँमा तल्लो तहका स्थनीय सरकारसँग बसेर बनाउनुपर्ने उनले बताइन् ।

‘स्थानीय सरकारलाई केही थाहा छैन । संघीय सरकारको मातहतमा राखेर हामी प्रदेश सरकारको र स्थानीय सरकारको कुरा गर्छौं,’ उनले भनिन्, ‘योजना माथिल्लो तहमा बसेर बनाएर कार्यान्वयन तल्लो तहमा गर्न खोज्छौं भने त्यो पूरा हुँदैन ।’
सांसद पाठकले संघले प्रदेश सरकारलाई र प्रदेश सरकारले स्थानीय सरकारलाईअधिकार दिए मात्रै जलवायु परिवर्तनको प्रभाव रोक्न सहयोग पुग्ने बताइन् ।

प्रतिक्रिया