दाहोरो अंकले घट्यो नेप्से, अन्य सुचक कस्तो ?

पालिका डायरी
१२ कार्तिक २०८०, १६:४६

शेयरबजार आज दाहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको २७ लाख १२ हजार १२३ कित्ता शेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज ट्रेडिङ र होटल तथा पर्यटन उपसूचक सर्वाधिक क्रमशः २.६८ र २.६३ प्रतिशतले घटेका छन् ।आज अपर सोलु हाईड्रोको शेयर सबैभन्दा धेरै बढेको छ।

त्यस्तै, सिवाईसी नेपाल लघुवित्त, घलेम्लदी हाईड्रोपावर, बिपीडब्लू लघुवित्त, सयपत्री हाईड्रोपावर, सामलिङ हाईड्रोपावर, हिमालयन हाईड्रोपावर, जनउत्थान लघुवित्त, आरएसडिसी लघुवित्त र सानिमा डिभेञ्चर ८७ को शेयर मूल्य बढेको छ।

प्रतिक्रिया