मनहरीमा जनप्रतिनिधि र वडा सचिवलाई अभिमुखिकरण

पालिका डायरी
१८ भाद्र २०८०
मनहरीमा जनप्रतिनिधि र वडा सचिवलाई अभिमुखिकरण

मनहरी गाउँपालिकामा जनप्रतिनिधि र वडा सचिवलाई अभिमुखिकरण गरिएको छ ।

मनहरी गाउँपालिकाले वडा सदस्य तथा वडा सचिवलाई  उपभोक्ता समिति सम्बन्धी उपभोक्ता समिति गठन प्रकृया, योजना सन्चालन र फर्छ्यौटलगायतको बिषयमा  सोमबार अभिमुखिकरण सहित तालिम दिइएको हो ।

कार्यक्रमका गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दिगो विकास र गुणस्तरीय योजना सन्चालन गर्न यस कार्यक्रमले प्रेरणा मिल्ने बताए । उनले सम्पूर्ण योजना कार्यन्वयनको चरणमा गुणस्तरमा विशेष ध्यान दिन सुझाव दिए । ‘समिति गठन प्रकृयामा सम्बन्धीत टोल वा स्थानका व्यक्तिहरुलाई समितिमा समावेश गरी योजना सन्चालन गर्नु पर्छ’ उनले भने ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पारदर्शी, दिगो र जनमुखी ढङ्गबाट योजना सन्चालन र कार्यन्वयन गर्न वडा सचिव तथा सदस्यहरुलाई सुझाव दिए । योजना संचालनमा आइपर्ने बाधाहरुको विषयमा सम्बन्धित वडाका जनप्रतिनिधि जानकर भए मात्र गुणस्तरीय र परिणाममुखी कार्य गर्न सकिने उनले बताए ।

२ दिन सम्म सन्चालन हुने उक्त तालिमलाई गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्रप्रसाद चौलागाईंले आगामी दिनहरुमा वडामा सन्चालन हुने योजनाका उपभोक्ता समितिलाई सबै वडामा पुगेर तालिम दिइने योजना शाखा प्रमुख चौलागाईंले बताए ।

योजना अनुगमन तथा सुपरिवेक्षण समितिका सदस्य सविता सुवेदी बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा ९ वटै वडाका वडासचिव एवं जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया