मकवानपुरगढीमा श्रीकृष्ण जन्माष्टमीको तयारी

पालिका डायरी
१७ भाद्र २०८०, ११:५१
मकवानपुरगढीमा श्रीकृष्ण जन्माष्टमीको तयारी

हेटौँडा। मकवानपुरको मकवानपुरगढी दरवार परिसरमा लाग्ने मेलाको तयारी थालिएको छ । मकवानपुरगढी दरवार परिसरमा कृष्ण जन्माष्टमी, ठूलो एकादशी, तीज, फागू पूर्णिमा लगायतका पर्वमा जात्रा लाग्दै आए पनि कृष्ण जन्माष्टमीमा मेला भर्न आउने भक्तजनको भिड लाग्नेगरेको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका –२ स्थित गढी दरवार परिसरमा रहेको वंशगोपाल मन्दिरमा मेला लाग्नेगरेको छ । आगामी बुधबार लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाका लागि दरवार किल्ला परिसरमा सरसफाइ कार्यगत एक सातादेखि चल्दैआएको छ ।

सरसफाई कार्यमा वडाध्यक्ष बखानसिं पाख्रिन दैनिक जुट्दै आउनुभएको छ । शनिबारसमेत दरवार परिसरमा सरसफाइमा लाग्नुभएका वडाध्यक्ष पाख्रिनले भन्नुभयो, दरवार परिसरमा रहेको झाडी फाल्ने काम लगभग सकिएको छ, दरवारको किल्लाको भवनमा उम्रेका घाँस सफाई गर्ने काम भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘आफूसहित दैनिक १०–१५ जना लागेर सरसफाईको काम भइरहेको छ, सोमबार सकिन्छ होला । वडाध्यक्ष पाख्रिनले कृष्ण जन्माष्टमीका दिन पूजाआजासँगै मेला भर्न आउनेलाई लाइनको व्यवस्थापन, पानीलगायतको व्यवस्थाको तयारीसमेत भइरहेको छ ।’  पछिल्लो समय गढीदरवारको रेखदेख र संरक्षणको कार्यको जिम्मा वडा २ कार्यालयले पाएको छ ।

प्रतिक्रिया