रक्त क्यान्सरबाट पीडित १८ बर्षिय युवाको उपचारको लागि सहयोगको अपिल

पालिका डायरी
१ श्रावण २०८०, १७:५१

 

हेटौंडा / रक्त क्यान्सरबाट पीडित मकवानपुरगढी गाउँपालिका वडा नं. ४ का १८ बर्षिय दिरुसम स्याङ्तानको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

आर्थिक अवस्था कमजोर रहेका स्याङतानको बिगत १ महिना देखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
सामान्य रोजगारीको शिलशिलामा बीरगञ्जका कार्यरत बिरामीका पिता दिनेश कुमार स्याङ्तानले छोराको उपचारमा ३० देखि ३५ लाख सम्म लाग्ने अस्पताल प्रशासनले बताएको र उक्त रकम आफुले ब्यवस्था गर्न नसक्ने भएपछि सहयोगकालागि सम्पूर्ण आफन्त लगायत सहयोगी मनहरुलाई अनुरोध गर्नुभयो ।

हुर्केको छोरालाई रक्त क्यान्सर भएर उपचारमा लाग्नुपर्दा भएको रकमहरु पनि सकिएकोले छोराको उपचारको लागि सहयोग गरिदिन बिरामीको आमा रुपा स्याङतानले सबैलाई अनुरोध गर्नुभयो ।

स्याङतानलाई सहयोग गर्न चाहनुहुने संघसंस्था तथा महानुभाबहरुले दिनेश कुमार स्याङ्तानको सिद्धार्थ बैंकमा रहेका खाता नं. ००२१७५६९३५० मा रकम जम्मा गरिदिनुहुन र थप जानकारी लिन परे बिरामीको बाबुको मोबाइल नम्बर ९८४५७७३९१ मा ह्वाट्सअप गर्न स्थानीय नवराज पख्रिनले आनुरोध गर्नुभयो ।

प्रतिक्रिया