मनहरीमा दुई वटा ट्रक एक आपसमा ठोकिदा आगोलागी, ३ जनाको मृत्यू

पालिका डायरी
२३ असार २०८०, ०८:१९
मनहरीमा दुई वटा ट्रक एक आपसमा ठोकिदा आगोलागी, ३ जनाको मृत्यू

हेटौंडा / मकवानपुरकाे मनहरीमा दुई वटा ट्रक एकआपसमा ठोकिदा जलेर नष्ट भएको छ भने तीनजनाको ज्यान गएको छ।

दुर्घटनामा परी मृत्यू हुनेमा ना ६ ख ६६६७ नंम्कोबरको ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका ८ का अन्दाजी २७ र २८ वर्षिय रिहान रुम्बा , सोही ट्रकको सहचालक जिल्ला गोरखा गण्डकी गाउँपालिका २ गोर्दीटारका अन्दाजी २०र२१ वर्षिय सुमन चेपाङ र ना ६ ख ६३१ नंम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने अन्दाजी १९ र २० वर्षका अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुइजना गम्भिर घाइते भएका छन्। २३ असार बिहान पौने २ बजेको मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ नयाबस्ती डिपाट गाउँमा दुइ वटा ट्रक ठोकिदा दुबै ट्रक जलेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए।

पुर्ब पश्चिम सडक खण्डमा हेटौडा तर्फ बाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र बिपरीत दिशा तर्फ बाट आउँदै गरेको ना ६ ख ६३१ नंम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएको उनले बताए ।

प्रतिक्रिया