इन्द्रसरोवरमा सहकारीलाई अनुदान नियम सम्मत भएन–महालेखा

पालिका डायरी
२० जेष्ठ २०८०
इन्द्रसरोवरमा सहकारीलाई अनुदान नियम सम्मत भएन–महालेखा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले स्थानीय सहकारी संस्थाको कार्यालय व्यवस्थापन खर्चका लागि दिएको अनुदान नियम सम्वत नभएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा नाफा मुलक संस्थालाई अनुदान प्रदान गर्नु नियम सम्वत मान्न नसकिएको बताएको हो ।

इन्द्रसरोवर गाउँपालिकाले जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई आर्थिक वर्ष २०७८/०७९ मा ३ लाख अनुदान उपलब्ध गराएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ मा वितरणमुखी खर्च नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय पूर्वाधार विकास र दीर्घकालिन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

यसरी अनुदान उपलब्ध गराउनै पर्दा सार्वजनिक रुपमा निःशुल्क वा न्यून शुल्कमा सेवा उपलब्ध गराउने सुनिश्चित गर्नुपर्ने महालेखाको सुझाव रहेको छ ।

प्रतिक्रिया
indrasarowar gaupalika