नेपालले मलेसियालाई ७ विकेटले हरायो, सिरिज १-१ को बराबरीमा

पालिका डायरी
१६ जेष्ठ २०८०
नेपालले मलेसियालाई ७ विकेटले हरायो, सिरिज १-१ को बराबरीमा

नेपालले महिला टी-२० सिरिजको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ। घरेलु टोलीविरुद्धको यो जितसँगै नेपालले पाँच खेलको सिरिजलाई १-१ को बराबरीमा समेत पुर्याएको हो।

जितको लागि पाएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। जसका लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक अविजित २९ रनको योगदान दिइन्।

त्यसैगरी ओपनर कविता कुँवरले २६ र सीता रानामगरले २३ रन जोड्दा विन्दु रावलले १७ रनको योगदान दिइन्।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो।

मलेसियाको लागि मास एलिसाले सर्वाधिक २८ रन बनाइन्। नेपालको लागि रुविना क्षेत्रीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएकी थिइन्।

त्यसैगरी इन्दु बर्मा र कविता कुँवरले एक/एक विकेट लिए। सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया