गठबन्धनको बैठक छोडेर वालुवाटारबाटै चितवनतर्फ उडे प्रचण्ड

पालिका डायरी
१६ चैत्र २०७९
प्रतिनिधि सभा विघटनपछि आत्महत्या गर्ने कि लड्ने भन्ने अवस्थामा पुगेकाे थिएँ : अध्यक्ष दाहाल file photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन उडेका छन् । उनी सत्ता गठबन्धनको बैठकलाई छोडेर विमानस्थल भवनको शिलान्यासका लागि वालुवाटारबाटै हेलिकप्टरमा चितवनतर्फ उडेका हुन् ।

मन्त्रालय भागबण्डाका लागि १० दलीय सत्ता गठबन्धनको बैठक वालुवाटारमा आजपनि जारी छ ।बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू बैठकका लागि वालुवाटार पुगेका थिए । उनीहरु यतिवेला पनि वालुवाटारमै रहेको वताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड पुन फर्केर आएपछि सत्ता गठबन्धनको बैठक २ बजे बस्ने एक नेताले बताए । सत्ता गठबन्धनको बैठकमा दलहरुबीच मन्त्रालयको संख्यामा सहमति भइसकेको छ । तर कुन मन्त्रालय कस्ले लिने भन्ने विषयमा समझदारी भइसकेको छैन ।

उक्त विषयालाई पूर्णता दिनका लागि आजको बैठक बोलाइएको हो । आजको बैठक सकिएलगत्तै आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया