सन्दीपले ५ विकेट लिएपछि नेपाललाई पीएनजीले दियो झिनो लक्ष्य

पालिका डायरी
२९ फाल्गुन २०७९
सन्दीपले ५ विकेट लिएपछि नेपाललाई पीएनजीले दियो झिनो लक्ष्य

कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई ९६ रनको झिनो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाउँदै केवल ९५ रन बनायो । पीएनजीका लागि असाद भालाले सर्वाधिक २० रन जोडे ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट हात पारे । सन्दीपले एकदिवसीयमा ९८ विकेट पूरा गरेका छन् । उनी विश्व कीर्तिमान नजिक समेत पुगेका छन् ।

ललित राजवंशी र कुशल मल्लले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

प्रतिक्रिया