शीतल निवासबाट राष्ट्रपति भण्डारी निस्कने,रामचन्द्र पौडेल भोलि दिउँसो प्रवेश गर्ने

पालिका डायरी
२८ फाल्गुन २०७९
विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथग्रहण गर्ने समय तय भएको छ । उहाँले भोलि दिउँसो शपथग्रहण गर्नुहुने छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा उहाँले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने समय तय भएको बताइएको छ ।

बहालरत राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आज मध्यरातबाट सकिँदैछ । भोलिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सञ्चार माध्यमका प्रतिनिधिहरुलाई दिउँसो १ बजे शीतल निवास पुग्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया