उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

पालिका डायरी
२६ फाल्गुन २०७९, १४:५१
उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाएको एक पदाधिकारीले बताए।

यसअघि राष्ट्रपति निर्वाचनमा जसपाले एमालेलाई समर्थन गर्ने विश्वासमा उपपराष्ट्रपति निर्वाचनमा एमालेले जसपालाई समर्थन गर्ने तयारी रहेपनि त्यसअनुरुपको गतिविधि नभएपछि एमालले आफ्नै उम्मेदवारी दिन तयारी गरेको ती पदाधिकारीले बताएका छन्।

यता ८ दलीय गठबन्धनबाट जसपाले उपपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवारी दिने निर्णय गरेको छ। उपपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने कार्यक्रम रहेको छ भने शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका छ।

प्रतिक्रिया