चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मृत भेटियो

पालिका डायरी
२५ फाल्गुन २०७९, ११:१३
नवलपुरमा दुईवटा गैडा मृत अवस्थामा भेटिए

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटिएको छ ।

हिजो  बिहान साढे ९ बजे  निकुञ्जको गस्ती टोलीले अमलाटारी सेक्टर अन्तर्गत शेरी पोस्ट नजिक कोर क्षेत्रमा अन्दाजी २० वर्षको एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार आपसमा जुधेर गैँडा मरेको अनुमान छ ।

यो सँगै चालु आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रमा मर्ने गैँडाको सङ्ख्या १३ पुगेको छ ।

प्रतिक्रिया