कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पालिका डायरी
२३ फाल्गुन २०७९, १२:०३
accident

काठमाडौं / काठमाडौंको कोटेश्वरमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का ४२ वर्षीय मधुकर बाला रहेका छन् ।  गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा पछाडि सवार ललितपुरको इमाडोल बस्ने २२ वर्षीया स्नेहा रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल गएराति साढे एक बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ ।

प्रतिक्रिया