सहयोगी मन नेपालद्वारा पाख्रीनलाई ह्विल चियर प्रदान

पालिका डायरी
१९ फाल्गुन २०७९, १३:११
सहयोगी मन नेपालद्धारा पाख्रीनलाई ह्विल चियर प्रदान

हेटौंडा / सहयोगी मन नेपालले एक अशक्त व्यक्तिलाई ह्विल चियर प्रदान गरेको छ ।

लामो समयदेखि हिड्डुल गर्न नसक्ने हेटौंडा १५ का ३४ बर्षीया संकर पाख्रीनलाई सहयोगी मन नेपालले निशुल्क ह्विल चियर प्रदान गरेको हो। पाख्रीनलाई हिड्डुलमा सहजता ल्याउन १ थान ह्विल चियर सहयोग गरिएको उक्त संस्थाका अध्यक्ष केदार चौलागाँईले बताए।

संस्थाका उपाध्यक्ष र सदस्य सहितको टोलीले पाख्रीनलाई फलफूल खानको लागि १ हजार रुपैंया समेत सहयोग गरेको अध्यक्ष चौलागाँईले बताए।
सहयोगी मन नेपालले जिल्लामा विभिन्न सामाजिक सेवाका क्रियाकलापहरु गर्दै आइरहेकोे छ। देश मा प्रतिकुल अवस्थामा पनि सहयोगी मन नेपालले गरिब दुखीहरुको सेवामा काम गर्दै आइरहेको छ । यस अघि पनि यस संस्थाले हेटौंडा १६ कि सोम माया रुम्बालाई १ थान ह्विल चियर सहयोग गरेको थियो।

प्रतिक्रिया