सहि नीति र सहि नेतृत्व एमालेसंग छ: पूर्व मन्त्री गुरूङ्ग
हेटाैँडा / नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९), अभियानकाे क्रममा नेकपा एमाले पाेलिटव्यूराे सदस्य, केन्द्रीय प्रतिनिधि तथा नेपाल सरकारका पूर्वमन्त्री पार्वत गुरूङ्गले नेपाली राजनीति समस्या र पार्टीभित्र बेलाबेलामा देखिएकाे विभाजन बीचमा पनि नेपाली जनताकाे विश्वास आर्जन गर्नु पार्टीले लिएकाे सहि नीति भएकाे बताउनु भयाे ।
माओवादीलाई शान्तिमा ल्याउने र काँग्रेसलाई गणतन्त्रमा ल्याउने, जनतालाई अधिकार सम्पन्न बनाएर संविधान जारी गर्न, मुलुकलाई विकास र समृद्वितर्फ अगाडि बढाउन नेकपा एमाले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे स्पष्ट पार्नुभयाे ।
उहाँले नेकपा एमाले ईमान्दार, अनुशासित कार्यकर्ता र जनता आधारित भएकाे कारण एमालेकाे जग कसैले षडयन्त्र गर्दैमा हल्लाउन नसक्ने बताउँदै बलियाे कम्युनिष्ट पार्टीकाे लागि सुदृढ र विस्तार कार्य निरन्तर सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयाे ।अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियाे बनाउँदै पहिलाे र बहुमतकाे पार्टी निर्माण गर्न वडाकाे टाेल टाेलमा जनता र कार्यकर्ताकाे बीचमा जाने हेटाैँडा ५ नं. वडा कमिटीकाे बैठकले निर्णय गरेकाे छ ।
बैठकले जनसंगठनकाे वडा कमिटी, पार्टी टाेल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणकाे लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टाेली बनाई सञ्चालन गर्ने निर्णय गरेकाे वडा सचिव सुरेश लामिछाने बताउनु भयाे ।
पार्टी वडा अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटीकाे अध्यक्षता प्रदेश कमिटीका सदस्यहरू गाेपाल श्रेष्ठ, श्याम श्रेष्ठ, जिल्ला कमिटी सचिव नवीन सिग्देल, उपसचिव सीता विष्ट, सचिवालय सदस्यहरू अर्जुन ढुङ्गेल,सुनिल मुक्तान, मदन दाहाल, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, सचिव बाेलबहादुर कार्की, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।