मिसन जनताकाे विश्वासिलाे पार्टी निर्माण गर्ने: नेता गुरूङ्ग
हेटाैँडा / नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९), अभियानकाे क्रममा नेपालमा कम्युनिष्ट पार्टी लाेकप्रिय हुनुमा नेकपा एमालेले पटक-पटक प्रतिस्पर्धा भाग लिएकाे, लाेकतन्त्रिक संस्कारलाई अवलम्बन गरेकाे, राष्ट्रियता, लाेकतन्त्र र सामाजिक कार्यकाे अगुवाई गरेकाे केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले बताउनु भयाे ।
उहाँले पार्टी निर्माण अहिलेकाे पुस्ताकाे लागि मात्र नभई भविष्यकाे पुस्ताकाे लागि भएकाेले युवाहरूलाई परिचालनमा जाेड दिँदै पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र पार्टी प्रवेश गर्नुहुनेलाई उचित जिम्मेवारी दिनुपर्ने बताउनु भयाे । नेकपा एमाले बलियाे हुँदा मात्र संघीय लाेकतान्त्रिक गणतन्त्र सुदृढ हुने, विकास र समृद्वितर्फ मुलुक अगाडि बढ्ने र नेपाली जनताले असल प्रतिनिधि प्राप्त गर्ने नेता गुरूङ्गले बताउनु भयाे ।
मिसन ग्रासरूट अभियानले पार्टी संगठन सुदृढ, विस्तार हुने र जनताकाे समस्या समाधानकाे विश्वासिलाे पार्टी बनाउन बल पुग्ने उहाँकाे भनाई थियाे । अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियाे बनाउँदै पहिलाे र बहुमतकाे पार्टी निर्माण गर्न वडाकाे टाेल टाेलमा जनता र कार्यकर्ताकाे बीचमा जाने हेटाैँडा ९ नं. वडा कमिटीकाे बैठकले निर्णय गरेकाे छ । बैठकले जनसंगठनकाे वडा कमिटी, पार्टी टाेल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणकाे लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टाेली बनाई सञ्चालन गर्ने निर्णय गरेकाे वडा सचिव नारायण खतिवडाले बताउनु भयाे ।
पार्टी वडा अध्यक्ष यदुवंश खतिवडाकाे अध्यक्षता प्रदेश कमिटीका सदस्यहरू रघुनाथ खुलाल, गाेपाल श्रेष्ठ, श्याम श्रेष्ठ, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू सुनिल मुक्तान, सुमित्रा काफ्ले, जिल्ला सदस्यहरू रमिला सापकाेटा, यसाेदा उप्रेती, नरेन्द्र भण्डारी, मिना अर्याल, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, सचिव जनरल श्रेष्ठ, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।