नयाँ गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याउने: एमाले नेता गुरूङ्ग

पालिका डायरी
१६ फाल्गुन २०७९, १५:४८

हेटाैँडा/नेकपा एमाले, हेटाैँडा उपमहानगरपालिका १५ नं. वडा कमिटीकाे बैठकमा बाेल्दै पार्टी पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले नयाँ गठबन्धन मुलुकमा वेथिति, अशान्ति, भ्रष्टाचार, वर्वादी र अस्थिरता निम्याउने बताउनु भयाे ।

उहाँले यस्ता विकृतिकाे अन्त्य गर्न पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९), अभियान पार्टी संगठन बलियाे बनाउँदै पहिलाे र बहुमतकाे पार्टी निर्माणकाे लागि भएकाे बताउनु भयाे ।
बैठकले जनसंगठनकाे वडा कमिटी, पार्टी टाेल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणकाे लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टाेली बनाई सञ्चालन गर्ने निर्णय गरेकाे वडा सचिव सिंहबहादुर विकले बताउनु भयाे ।

पार्टी वडा अध्यक्ष पर्सबहादुर भुजेलकाे अध्यक्षतामा बसेकाे बैठकमा प्रदेश सदस्यहरू कमल विष्ट, ईन्द्रबहादुर स्याङ्तान, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू सुनिल मुक्तान, मदन दाहाल, फूर्वा दाेर्जे लामा, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया